रुपन्देही-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप लगाउनु भएकाे छ।
रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेल यस्ताे बताउनु भएकाे हाे।
उपाध्यक्ष पौडेलले सरकारले राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको दाबी गर्नुभयाे।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने मिति तोकेको भए पनि सरकार निर्वाचनको तयारीमा नरहेको उपाध्यक्ष पौडेलले दाबी गर्नुभयाे। ‘सरकारले चुनावको तयारी गरिरहेको छैन। राजनीतिक पार्टीहरूमाथि, राजनीतिक पार्टीका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ,’ उपाध्यक्ष पौडेलले भन्नुभयाे, ‘राजनीतिक पार्टीहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेर, राजनीतिक पार्टीका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेर चुनावको तयारी हुँदैन।’







प्रतिक्रिया