काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा निशर्त फर्किन लागेको बताउनु भएको छ । श्रेष्ठले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताउनुभयो ।
आज पत्रकार सम्मेलनमा श्रेष्ठले भन्नुभयो, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’
‘हामी निशर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु,’ श्रेष्ठले भन्नुभयो ।
पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उहाँले भन्नुभयो, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि निस्शर्त घर फर्किने सिलसिलमा पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’







प्रतिक्रिया