अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ

पोखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ


पोखरा‍–सहकारीको रकम हिनामिना आरोपमा पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जना पक्राउ परेका छन्। सहकारीका वर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहितलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताउनुभयो।

यस्तै  पक्राउ पर्नेमा सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्मप्रसाद गुरुङ, सुपरमाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्व सचिव इन्द्रप्रसाद रहेका छन्।