अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा २ वर्षका बालकको खोलामा डुबेर मृत्यु

झापामा २ वर्षका बालकको खोलामा डुबेर मृत्यु


झापा-झापाकाे बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा २ वर्षका बालकको खोलामा डुबेर मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–४ का विक्रम माझीका छोरा दिवांश माझी आज बिहान घर नजिकै रहेको अदुवा खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हाे।

बालकलाई डुबिरहेको देखेपछि उनका हजुरबुबाले उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको झापा प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ।