काठमाडौं-नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ।
युवा संघले आज मेयर बालेनको एउटा स्टाटसलाई लिएर प्रहरीमा जाहेरी दिन लागेको हो। उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन लागिएको बताइएको छ।
बालेनले दुई दिनअघि अश्लील शब्द प्रयोग गर्दै दलहरूलाई गालीगलौज गर्दै स्टाटस लेखेका थिए। शाहले केहीबेरमा स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो । थुप्रैले बालेनको स्टाटसको आलोचना गरेका छन्।






प्रतिक्रिया