लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
२०८२ भदौ २४ गते जेनजीको आन्दोलन क्रममा सन्धिखर्क नगरपालिका–१ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी गरेको आरोपमा बुधबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्स्पेक्टर झलकप्रसाद शर्माले जानकारी दिनुभयाे।
शर्माका अनुसार पक्राउ परेकाहरुमा सन्धिखर्क नगरपालिका-२ भक्तिटोलका ३३ वर्षीय पुष्कर पौडेल, पुष्पलाल गौंडेल, सन्धिखर्च नगरपालिकाका-२ घोचेखोलाका २९ वर्षीय गुरुदेव भनिने गुरुप्रसाद खनाल छन् ।
आगजनी र तोडफोडविरुद्ध मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोजमा ११ जनाविरुद्ध जिल्ला अदालतमा किटानी जाहेरी दिनुभएको थियाे। त्यो जाहेरीको आधारमा जिल्ला अदालतले उनीहरुलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।








प्रतिक्रिया