काठमाडौं-सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको निवेदन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा परेको छ।
आफूलाई थुनामुक्त गर्न गरी साधारण तारेख माग गर्दै छुट्टाछुट्टै दायर निवेदन यसअघि उच्च र सर्वोच्च अदालतले समेत खारेज गर्दै उनीहरूलाई थुनामा पठाइएको थियो । त्यसपछि उनीहरूले बिगो बुझाएर साधारण तारेख माग गर्दै अर्को निवेदन दिएका हुन्।
उनीहरूको निवेदन जिल्ला अदालत रुपन्देहीबाट खारेज भइसकेको छ। उक्त खारेजीविरुद्ध ७३ नम्बर निवेदन यति बेला उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा विचाराधीन छ।
आज (कात्तिक २०) न्यायाधीशद्वयको इजलासबाट निवेदनको मागअनुरूप आदेश नपाए सर्वोच्च जाने उनीहरूको बाटो खुला हुनेछ। फौजदारी कार्यविधि संहिताले सहकारी ठगी मात्र मुद्दा हुँदा दाबी गरिएको पूरा बिगो बुझाएर बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएको छ । तर, संगठित अपराधसहितका अभियोग भएका अभियुक्तको हकमा यो सुविधामा बन्देज छ ।







प्रतिक्रिया