अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीसँग रामकुमारी झाँक्री र किसान श्रेष्ठकाे भेट

केपी ओलीसँग रामकुमारी झाँक्री र किसान श्रेष्ठकाे भेट

५० बढी केन्द्रीय सदस्यसहित एमालेमा फर्किने निश्चित


काठमाडौं- नेकपा माओवादी केन्द्रसहितको एकतामा सामेल नभएका एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य किसान श्रेष्ठ र रामकुमारी झाँक्रीसहितले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

नेता श्रेष्ठ र झाँक्रीसहितले अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा पुगेर भेटेका हुन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार अध्यक्ष ओलीसँग भेटवार्तामा उनीहरूले पार्टीमा पुनः प्रवेशबारे छलफल गरेका हुन्। नेता बस्नेतले कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्किने अभियान’ विशेष कार्यक्रम आयोजना हुने जानकारी दिनुभयाे।

 भेटमा आफूहरू एमालेमा फर्किन लागेको जानकारी अध्यक्ष ओलीलाई गराएको नेता श्रेष्ठले बताउनुभयाे। उहाँले अध्यक्ष ओलीले पनि एमाले घर भएको बताउँदै फर्किन आग्रह गरेको बताउनुभयाे। ‘तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस् भनेर अध्यक्ष ओलीले भन्नुभयो, ‘ भेटपछि श्रेष्ठले भन्नुभयाे, ‘घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी एमालेमा फर्किन्छौँ।’ 

नेता झाँक्री, श्रेष्ठ लगायत ५० जना भन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने निश्चित भएको हाे।

बुधबार बिहान झाँक्री र श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नजाने र त्यसमा समाहित नहुने घोषणा गरेका थिए।

उहाँहरूसँगै पोलिटब्युरो सदस्य पिताम्बर भण्डारी, नवराज पौडेल, अर्जुन राईसहित नेताहरू गुण्डु पुग्नुभएकाे थियाे। उहाँहरूले अध्यक्ष ओ‌लीसँगै महासचिव शंकर पोखरेललाई पनि भेटेका छन्।