अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागिता जनाएर आज स्वदेश फर्किनु भएकाे छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गर्नुभएकाे थियाे ।