काठमाडौं-कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरु नियोजित प्रकृतिका भएको बताउनु भएकाे छ।
शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिंन्हाले भदौ २३ र २४ गतेका घटनामा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन्। जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् । जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो।’
मन्त्री सिन्हाले चुनौतीपूर्ण अवस्थामाझ पनि हतियारसहितका अभियुक्तहरू दैनिक रूपमा पक्राउ भइरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सुरक्षाकर्मीहरूले भागेका कैदी र भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्दै राम्रो अनुसन्धानको नमूना प्रस्तुत गरेका छन्।’
उहाँले जेनजी आन्दोलनका क्रममा भएका घटनामाथि अहिले व्यापक अनुसन्धान भइरहेको बताउनुभयाे । यसै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा सञ्चालनका क्रममा देखिएका कानूनी जटिलता र अस्पष्टताबारे ध्यानाकर्षण गराउनुभयाे ।






प्रतिक्रिया