अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रश्न: ‘शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ?’

अध्यक्ष ओलीको प्रश्न: ‘शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ?’


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनु भएकाे छ।

विद्वत वर्गको अन्तर संवादमा बोल्दै अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई देश छाडेर आफू कतै नभाग्ने बताउनुभयाे। उहाँले वर्तमान सरकारलाई फेद टुप्पो केही नभएको सरकारको संज्ञा दिनुभयाे।  

अध्यक्ष ओलीले भन्नुभयाे, ‘यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ? मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि। सुनेको मात्रै है, कुनै पत्र दिएको छैन।’

आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने अध्यक्ष ओलीले बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आआफैं मात्रै लड्छौँ रु पार्टीहरू लड्छन् चुनाव। यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन्।’