अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ: केपी ओली

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ: केपी ओली

'विघटन गर्नेले पुनःस्थापना पनि गर्न सक्नुपर्छ'


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउनुभएकाे छ।

शुक्रबार काठमाडौँमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले नै गर्नुपर्ने बताउनुभएकाे हाे।

अध्यक्ष ओलीले विघटन गर्न सक्नेले पुनःस्थापना गर्न पनि सक्नुपर्ने बताउनुभयाे। अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गर्नुभयाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। र प्रतिनिधि सभा पुन:स्थापनाको मागलाई तीव्र बनाउनुपर्दछ। जसले विघटन गर्छ, त्यसले पुन:स्थापना गर्छ। कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ। असंवैधानिक ढङ्गले विघटन गर्नसक्ने, पुन:स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनःस्थापना गर्नुपर्‍यो नि। विघटन गर्ने राष्ट्रपतिले पुन:स्थापना गर्नु पर्‍यो । यस कुरामा हामी लेख्नसक्नु पर्दछ। बोल्न सक्नुपर्दछ । सत्यको पक्षमा उभिन सक्नुपर्दछ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि जिकिर गर्नुभयाे।