अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयोगले तयार गर्‍यो प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना

आयोगले तयार गर्‍यो प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना


काठमाडौँ-निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार बनाएको छ। आगामी फागुन २१ गतेलाई निर्धारण भएको निर्वाचनका लागि आयोगले कार्य योजना तयार पारेको हो।

आयोगको कार्य योजना अनुसार निर्वाचनको प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण गरिएको छ। आयोगका अनुसार निर्वाचन प्रचार–प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ। त्यसपछि मौन अवधि सुरु हुनेछ।

त्यस्तै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगि सक्नेछन् भने त्यसपछि जिल्लाका मतदान केन्द्रहरूमा पठाइनेछ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्व तयारीको अवस्था र आगामी कार्यक्रमबारे आयोगले यसबारे जानकारी दिएको हो। 

बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी ब्रिफिङ गरेका हुन् ।