अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्री कार्कीको आग्रह

निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्री कार्कीको आग्रह


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएकाे छ। शुक्रबार एक सन्देश जारी गर्दै कार्कीले मदातिधकार सदुपयोग गर्न भन्नुभएकाे हाे।

प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकका सपना २ कुराले साकार पार्ने पनि उल्लेख गर्नुभएकाे छ।  
‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन छन्- पहिलो, तपाईँ-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन,’ प्रधानमन्त्री कार्कीले

त्यस्तै दोस्रो ,’विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र। जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने पनि बताउनुभयाे।