अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनपरिचालन अभियानलाई सशक्त बनाउन ढकालको निर्देशन

जनपरिचालन अभियानलाई सशक्त बनाउन ढकालको निर्देशन


काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीले सञ्चालन गरेको जनपरिचालन अभियानलाई सशक्त बनाउँदै संगठन सुदृढीकरणतर्फ अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ढकालले पार्टीको जनपरिचालनलाई जनस्तरसम्म प्रभावकारी ढंगले पुर्‍याउन सबै जनसंगठनबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“हामीले जनपरिचालनलाई संगठन सुदृढीकरणको मुख्य अभियानका रूपमा अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो, “जनसंगठनहरूबीचको समन्वय, एकता र सहकार्यबाट मात्र पार्टीलाई अझ सबल र जनमुखी बनाउन सकिन्छ।”

ढकालले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशन तयारीका विषयमा समेत जानकारी दिँदै जनसंगठनहरूले महाधिवेशन सफल बनाउन आफ्नो भूमिका थप सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा विभिन्न जनसंगठनका प्रमुख, संयन्त्रका सदस्यहरू र जिम्मेवार नेताहरूले पार्टी अभियानका विषयमा सुझाव र धारणा राखेका थिए । बैठकले जनपरिचालनलाई प्रभावकारी बनाउन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ ।