अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत पाउन नसक्ने भएपछि मधेसका मुख्यमन्त्री सोनलको राजिनामा,एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त हुँदै

विश्वासको मत पाउन नसक्ने भएपछि मधेसका मुख्यमन्त्री सोनलको राजिनामा,एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त हुँदै


जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिनुभएको छ। आज बसेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भइसकेको समयमा सांसदहरूबीच तीव्र विवाद उत्पन्न भएपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो।

प्रदेश सभामा विश्वासको मत लिनुअघि नै सांसदहरूबीच आरोप–प्रत्यारोप मुख्यमन्त्री सोनलले राजनीतिक परिस्थितिले आफूलाई विश्वासको मत लिन नसक्ने अवस्थामा पुर्‍याएको भन्दै पद त्याग्ने घोषणा गर्नुभएको हो।

मुख्यमन्त्री सोनलको राजीनामापछि सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुँदासम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गर्नुभयो।

मधेश प्रदेशमा पछिल्लो समय सत्तागठबन्धनमा मतभेद तीव्र बनेका थिए। मुख्यमन्त्री सोनलले केही दिनअघि मात्र प्रदेशसभा बैठकमा विश्वासको मत लिने घोषणा गर्नुभएको थियो।

कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बन्नु भएका सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद उहाँको विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित भएको थियो । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि विश्वासको मतका लागि प्रक्रिया नै सुरु नहुँदै उहाँले राजीनामा दिनुभएको हो ।

सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसद्‍को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुने छ ।