अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन विरुद्ध लड्न सुकुम्बासीलाई सहयोग गर्ने दुर्गा प्रसाईंको घोषणा

बालेन विरुद्ध लड्न सुकुम्बासीलाई सहयोग गर्ने दुर्गा प्रसाईंको घोषणा


काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह विरुद्ध लड्न आफूले सघाउने बताउनु भएको छ । आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सो कुरा बताउनुभएको हो ।
बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिनु भएको हो । । प्रसाईंले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ।
प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिनुभयो। उहाँले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिनुभएको छ ।
दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिनुभयो। महानगरको अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने तयारी भइरहेको बेला उनको यो कदमलाई मेयर बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।