अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू छानबिनको दायरमा आउनुपर्छ: महेश बस्नेत

अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू छानबिनको दायरमा आउनुपर्छ: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु पनि छानविनको दायरामा आउनु पर्ने बताउनु भएको छ।  

आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताउनु भएको हो।

नेता बस्नेतले आफू र आफ्नो पार्टी छानविनको दायरामा आउन तयार रहेको बताउनुभयो। नेता बस्नेतले भन्नुभयो, ‘राज्यको स्रोत, साधन र शक्तिको दुरुपयोग नेताले मात्र गर्छ भन्ने जुन भाष्य उनीहरुले बनाउन खोजे त्यो बेठिक हो। म १३ महिना मन्त्री हुँदा राज्यको स्रोत–साधनको के दुरुपयोग गरे ? छानविनको दायरामा आउन तयार छु भनेर ओपन च्यालेन गरेको छु। एमाले पार्टीले गरेको छ। एमालेका सबै पङतिले गरेको छ।’

नेता बस्नेतले सुशीला कार्की प्रधानन्यायाधीश हुँदा छानविनको दायरामा आउन तयार हो त भन्दै प्रश्न गर्नुभयो। नेता बस्नेतले भन्नुभयो, ‘सुशीला कार्की प्रधानन्यायाधीश हुँदा छानविनको दायरामा आउन तयार हो त ? प्रधानन्यायाधीश हुँदा स्रोत साधनको दुरुपयोग हुने राम्रै ठाउँ होला नि। रामेश्वर खनाल अर्थसचिव हुँदा विशेष छानविनमा आउन तयार हो त ? बजेट निर्माण गर्दा ठूला ठूला व्यवसायीहरुमा करका दररेट मिलाएका सेटिङ मिलाएका कुरा के के हो ? आरोप लगाउदिन मन छैन। तर छानविनमा आउन तयार हो त ?’

नेता बस्नेतले उर्जामन्त्री रहेको कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रमुख रहँदा अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गर्नेक्रममा भएको सम्झौताले ४५ करोड घाटा भएको पनि बताउनुभयाे ।

‘कुलमान विद्युत प्राधिकरणको एमडी हुँदा छानविन गर्न तयार हो त ? मलाई लाग्दैन उहाँहरु तयार हुनुहुन्छ भनेर। कुलमानजीको अहिलेको भारतको भ्रमणमा अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गर्नेक्रममा जुन सम्झौता उहाँले गर्नुभयो त्यसमा नेपाल विद्युत प्राधिकरणलाई एकोहोरो भाडा दिनेगरी र थप ४५ करोड घाटा हुने खालको सम्झौता गरेर आउनुभयो । कारबाही त यहीबाट सुरु गरे भयो त,’ उहाँले भन्नुभयाे ।

उनले दुई महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै मन्त्रीहरुले सम्पत्ति छानविन विवरण सार्वजनिक गर्न नसकेको बताए ।

‘दुई महिना भयो मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दुई महिना भयो मन्त्री ज्युहरुले सम्पति छानविन विवरण सार्वजनिक गर्नुभएको छैन । यति रमाइलो स्टनबाजी छ । सञ्चारमन्त्रीज्यूले गरेको महत्वपूर्ण काम के रे भन्दा आर्यघाटमा वाईफाई फ्रि रे । किनभने आर्यघाटमा मृतकहरुले परिवारले विदेशमा लाइभ गर्ने रे । सबैभन्दा महत्वपूर्ण उपलव्धि जगदीश खरेलजीको त्यही रहेछ,’ उनले भने ।