अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: अध्यक्ष ओली

जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई भजाउन र युवा सेन्टिमेन्ट भड्काउन ‘जेनेरेसन जेड’, ‘जेनजी’ भनेर चलाइएको बताउनु भएको छ।

आइतबार एमालेनिकट राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले युवाहरू माइतीघर मण्डलामा पुग्नुभन्दा अघि नै उनीहरूका मुद्दा, माग र आन्दोलन खोस्ने तत्त्वहरू त्यहाँ जम्मा भइसकेको दाबी गर्नुभयो। ‘अझ युवाहरूले जसोतसो होटल एभरेष्टसम्म आन्दोलनलाई पुर्‍याएका थिए’, ओलीले भन्नुभयो, ‘त्यसपछि निषेधाज्ञा तोड्ने, व्यारिकेट तोड्ने,अवज्ञा गर्ने र भिडन्तको राजनीति गर्ने काम भयो।’

युवाहरूका जायज मागहरुहरुलाई भुईँमा क्षतविक्षत हुने गरी पछार्ने र अरू उग्रवादी धारणा र मागका क्रियाकलाप अगाडि बढेको अध्यक्ष ओलीले बताउनुभयो। ‘जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए। भदौ २४ गते देशभरि जुन आगलागी र तोडफोड भयो, अगाडिदेखि नै सर्वे गरेर चिह्न लगाएर पठाइएको छ’,अध्यक्ष ओलीले भन्नुभयो, ‘२३ गतेको प्रतिक्रिया होइन, तयारी हो।’ 

अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा कोही पानी खुवाएर त कोही काला ज्याकेट लगाएर नेता बनेको भन्दै तिनलाई मन नपर्ने समाचार दियो भने सञ्चारकर्मीलाई नै धम्की आउन थालेको बताउनुभयो।

अध्यक्ष ओलीले सञ्चारकर्मीको सुरक्षा युवा सङ्घले दिनुपर्ने अवस्था आएको, प्रहरी र जनता त्रसित भएको अवस्थामा युवा संघले आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो।

युवाहरूका नाममा प्रतिगमन गरिएको भन्दै अपराधिक तत्त्वहरू कोही युवा भए पनि उनीहरू कुनै जिम्मेवार र सङ्गठित युवा नभएको अध्यक्ष ओलीको भनाइ छ।