काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जलाउनेले नै सत्ता चलाएको भन्दै रमिता भइरहेको आरोप लगाउनु भएको छ।
राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सत्तामै भएकाहरू आन्दोलनको मैदानमा पनि देखिएको जिकिर गर्नुभयाे।
‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ। जसले जलाउने त्यसले चलाउने यस्तो तमासा भइराखेको छ। जलाउनुका पछाडि पनि यिनै थिए। मैदानमा देखिएका थिए,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मैदानमा एक-एक फिटमाथि बुरुक्क उफ्रिएकै थिए। अहिले फेरि कुर्सीमा विराजमान तिनै तत्वहरू देखिएका छन्। जो संविधानले मिल्दैमिल्दैन, हुँदैहुँदैन भन्छ।’

यस्ता कार्यका विरुद्ध सडकमा उत्रिनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो। एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जोन उहाँले स्पष्ट पार्नुभयो । एमालेले अब प्रशासनसँग अनुमति लिएर आन्दोलन नगर्ने उहाँले चेतावनी दिनुभयो । ‘तपाईँहरूको विरोध गर्न अब तपाईँहरूसँग अनुमति माग्न आउँदैनौँ’, अध्यक्ष ओलीले भन्नुभयो।
अध्यक्ष ओलीले पार्टीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको दोहोर्याउनुभयो।








प्रतिक्रिया