काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद संकेत देखिन थालेको आरोप लगाउनुभएको छ। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओली सो कुरा बताउनुभएको हो।
अध्यक्ष ओलीले बङ्गलादेश र म्यानमारमा अधिनायकवादीहरूले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेस गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहोर्याउन खोजिएको जिकिर गर्नुभयो। उहाँले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरू लागि परेको समेत बताउनुभयो।
अध्यक्ष ओलीले भन्नुभयो- ‘जहाँ अधिनायकवाद सुरु हुन्छ। त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ। विभिन्न देशमा हामीले यो देखेका छौँ। म्यानमारमा हामीले देख्यौँ। त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो। ६ वर्ष भयो त्यो मिति सरेको सर्यै छ। बङ्गलादेशमा ६ महिनाभित्र चुनाव गरिसक्ने भन्ने कुरा भयो। डेढ वर्ष सर्यो। अब चुनाव नगराउने कुरा अब आउँदो फेब्रुअरीमा पनि चुनाव नहुने देखिन्छ। त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहोर्याउन खोजिएको छ। देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ। यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो। यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन। लामो समय चल्न दिनु हुँदैन।’
अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको समेत दोहोर्याउनुभयो ।







प्रतिक्रिया