अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त


काठमाडौँ- मधेस प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोज यादव नियुक्त हुनु भएको छ । आज बिहानै प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्तीको पत्र दिन भएको हो ।
सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ गराउनुभयो । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बन्नुभएको हो । शपथपछि रातोपाटीसँग कुराकानी गर्दै यादवले भने, ‘मैले भर्खरै मुख्यमन्त्री पदमा शपथ लिएँ । जनकपुरमा अवस्था सहज थिएन । विरोध प्रदर्शन भइरहेको थियो । त्यही भएर सिन्धुलीमा शपथको कार्यक्रम राखिएको हो ।’
विश्वासको मत नपाउने भएपछि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।