काठमाडौं- चार वर्ष अघि एमाले छोडेर माधव नेपाल समुहका गएका नेताहरु आज एमालेमा फर्कदैछन् । एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तरगत समाजवादीका पूर्व सचिव रामकुमारी झाक्रीसहितका नेताहरू आज एमाले फर्कंदैछन्। उनीहरुलाई अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरेर एमालेमा प्रवेश गराउने तयारी गरिएको छ ।

एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार आज साढे दुई बजे राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठसहित १ सय भन्द्या बढी नेता एमाले फर्कने सुचीमा छन् ।







प्रतिक्रिया