अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

एमालेले बोलायो विघटित संसदीय दलको बैठक


काठमाडौं -नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठक बोलाएको छ ।
मुलुकमा विकिसत पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितीका बारेमा छलफल गर्न एमालेले निवर्तमान साँसदहरुको बैठक बोलाएको हो । विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने तयारी गरिएको छ । बर्तौलाका अनुसार एमालेले अघि बढाएको संसद पुनस्र्थापनाको मुद्धालाई अन्य दलहरुलाई पनि सहमत गराउन पार्टी अध्यक्षले विशेष निर्देशन दिनुहुनेछ ।
एमलेले फागुन २१ गते निर्वाचन हुन नसक्ने ठहर गर्दै े संसद पुनास्र्थापनाको मागलाई जाडदार रुपमा उठाएको छ ।