अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा फराकिलोसँग बस्न पाइने स्थान छ: केपी ओली 

एमालेमा फराकिलोसँग बस्न पाइने स्थान छ: केपी ओली 


काठमाडौं- नेकपा नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताउनुभएको छ।

नेकपा एमालेले सोमबार काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै अध्यक्ष ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको बताउनुभयो। जेनजी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उहाँको भनाइ छ। ‘जेनजी आन्दोलनको नाममा सार्वभौमसत्ता सम्पन्न संसद् विघटन भएछ, नगर्नु पर्ने जति नराम्रा काम भएछन्, लोकतन्त्र विरोधी, जनमतलाई अनादर गर्ने सरकार बने छ’, अध्यक्ष ओलीले भन्नुभयो।

यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्कनु भएको ओलीले बताउनुभयो। यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको ओलीले बताउनुभयो । ‘बाहिर नेकपा एमाले सानो चित्त भएका, साँघुरो मन, सानो दिल भएको हल्ला चलाइरहेका छन्, यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था छैन, फराकिलोसँग मजाले बस्न पाइने ठाउँ छ ।’

जुन पार्टी सबैभन्दा ठुलो छ त्यसलाई काम गर्ने ठाउँ दिन कुनै समस्या नभएको उहाँले बताउनुभयो । हालै बनेको नेपाली कम्युष्टि पार्टी प्रति लक्षित गर्दै उहाँले सो पार्टी बुढाखाडा र बरियादा खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गर्नुभयो । ‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ, अब एक/दुईजना थप्न बाँकी छ उहाँहरूको, बागलुङ तिरका, कता कताका कोही कोही, त्यति भए कोरम पुग्छ’, उहाँले भन्नुभयो ।

एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीले बताउनुभयो। उहाँहरू आफ्नै अनुभवले पार्टीमा फर्कनु भएको ओलीले दाबी गर्नुभयो । नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पुरा गर्न उहाँहरू घर फर्कनु भएको ओलीले बताउनुभयो । उहाँहरू मनमा कुनै लोभ लालचा नबोकी पार्टीमा आउनु भएको स्पष्ट पार्नुभयो । ‘त्यसलाई पार्टीले कदर गर्छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले सबैभन्दा बढी युवा भएको पार्टी भएको बताउनुभयो। एमालेसँग फेसबुकको युवा होइन फिल्डमा काम गर्ने युवा भएको उहाँले दाबी गर्नुभयो । नेकपा एमाले देश र जनता प्रति समर्पित संगठन भएको अध्यक्ष ओलीको भनाइ छ।

आफैँ युवा दस्ता बनाउनु पर्नेमा अरूको विश्वास गर्दा भदौ २३ र २४ को घटना भएको ओलीले बताउनुभयो । भदौ २३ र २४ को घटना सुनियोजित उपद्र भएको उहाँको भनाइछ । अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटा हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यो कुरा गर्दा सरकारलाई चित्त दुख्न सक्ने भए पनि एमालेले यो काम गरेरै छाड्ने उहाँले दाबी दिनुभयो । दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उहाँले सरकारलाई चेतावनी दिनुभयो