अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान जोगाउन लागि प्रतिनिधिसभा पुनर्स्थापित हुनैपर्छ: अध्यक्ष ओली

संविधान जोगाउन लागि प्रतिनिधिसभा पुनर्स्थापित हुनैपर्छ: अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताउनुभएकाे छ।

नेकपा एमालेले सोमबार काठमाडौंमा आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै अध्यक्ष ओलीले लोकतन्त्र फर्काउने बाटोतर्फ अग्रसर हुन आह्वान गर्नुभयाे।

‘प्रतिनिधिसभा पुनर्स्थापित गरेर मात्र देशलाई ट्र्याकमा फर्काउन सकिन्छ। हामीले राष्ट्रिय राजनीतिको यथार्थ चित्र स्पष्टसँग राखेका छौं’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामीले लडेर ल्याएको लोकतन्त्रका लागि संविधान चाहिन्छ। संविधानका लागि प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्छ।’

प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र विकल्प भएको भन्दै अध्यक्ष ओलीले देशभरका पार्टी कमिटीलाई त्यसैमा केन्द्रित भएर अभियान चलाउन आग्रह गर्नुभयाे।