अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधवप्रति केपी ओलीको टिप्पणी: साथीहरुले ज्येष्ठ नागरिक आश्रम खोलेछन्

प्रचण्ड-माधवप्रति केपी ओलीको टिप्पणी: साथीहरुले ज्येष्ठ नागरिक आश्रम खोलेछन्


 काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रम भन्दै टिप्पणी गर्नुभएको छ।

आज (सोमबार) एमालेले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो टिप्पणी गर्नुभएको हो।

रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतलाई पार्टीमा स्वागत गर्दै घर फर्क अभियान सुरु गरेका अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालहरूले एकता गरेर बनेको पार्टीलाई जेष्ठ नागरिक आश्रम को संज्ञा दिनुभयो।

अध्यक्ष ओलीले नेकपामा प्रवेश गर्ने तयारीमा रहेका नेता भीम रावललाई लक्षित गर्दै छैठौं नम्बर पाएपछि कुदिहाल्दो रहेछन् भन्दै टिप्पणी गर्नुभयो।

‘जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। अब एक दुई/जना समेट्न बाँकी छ। कोही कोही बागलुङ, प्युठानबाट,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कोही कताबाट समेट्नु भयो भने कोर्ष पूरा हुन्छ उहाँहरूको। उमेरले मात्रै हुँदो रहेनछ। कोही कोही छैटौँ नम्बर पाएपछि कुदिहाल्दा रहेछन्। ६ नम्बर।’ 

रावल नेपाली कम्युनिस्ट पार्टीको छैटौँ नम्बरको वरीयतामा रहने गरी प्रवेश गर्दैछन्। आइतबार रावलले प्रचण्ड, नेपालसहितका नेतासँग छलफल गरेर पार्टी प्रवेशको टुंगो लगाएका थिए। 

अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँनुहुँदै यस्तो चेतावनी दिनुभयाे। उहाँले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि विवादस्पद कार्य गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयाे।

यस्तै, अध्यक्ष ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताउनुभयो। उहाँले सानो दिल र चित्त भएको भनेर टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो।

‘नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइरहेको छ। देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्,’ कार्यक्रममा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन। फराकिलो ढंगले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा।’

त्यस्तै अध्यक्ष ओलीले अनेरास्ववियूलाई चाहीं विद्यालय–क्याम्समा पस्न नदिने अनि विदेशका विभिन्न एजेन्सीका अनेक क्रियाकलापमार्फत आगजनी गर्न सिकाउन चाहिँ पठाउने ? भन्दै निजी विद्यालयहरुलाई प्रश्न गर्नुभयाे।