अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङको खिङ्गा गाउँ र पृष्ठभूमिमा याकघ्वा हिमाल

मुस्ताङको खिङ्गा गाउँ र पृष्ठभूमिमा याकघ्वा हिमाल


मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको प्रवेशद्वार खिङ्गा गाउँ र पृष्ठभूमिमा देखिएको याकघ्वा हिमालसहित थोङपासको दृश्य पर्यटकहरुको मन लोभ्याइरहेको छ ।

जोमसोमदेखि मुक्तिनाथ दर्शन गर्न जाने क्रममा देखिने यो रमणीय दृश्यले पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ। पछिल्लो समय यहाँका होटेल व्यवसायीहरुको दैनिकी फेरिएका छन् । मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मानिन्छ । हिन्दु धार्मिक मान्यता अनुसार मुक्तिनाथ दर्शनले मानिसहरुलाई मुक्ति तथा मोक्ष प्राप्त हुने जनविश्वास छ।

तस्वीर : निरज थकाली