अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ।

विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् । कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनुपर्ने माग राखेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ। नेताहरूले संसद् पुनर्स्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन् ।