झापा- नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्कीले देशको संविधान अहिले हडपिएको बताउनुभएको छ । कसैको कब्जामा पुगेको संविधानलाई एमालेले फिर्ता ल्याउने प्रयास गरिरहेको कार्कीले बताउनुभयो ।
झापाको गौरादहमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता कार्कीले संसद पुनस्र्थापना मार्फत संविधान फिर्ता ल्याउने उद्ध्घोष गर्नुभएको छ । उहाँले संविधान भित्रबाट नै सरकार बनाएर निर्वाचनमा जान एमाले तयार रहेको पनि उहाँले स्पष्ट पार्नु भएको छ । ‘एमाले जेन जीप्रति नकारात्मक छैन ’ कार्कीले भन्नुभयो ‘संविधान मार्फत नै हामी उनीहरुले उठाएका माग पुरा गर्न चाहन्छौं ।’
नेता कार्कीले एमालेका नेताहरुको घर तोडफोड गर्ने पात्रहरु पार्टीले पहिचान गरे पनि त्यसलाई आफूह्रुले प्रतिशोधको रुपमा नलिएको बताउनुभयो । उहाँले एमाले लामो समय देखि थुप्रै राजनीतिक उतारचढाव झेलेर अघि बढेको पार्टी भएकोले सानातिना घटनाबाट बिचिलित नहुने उहाँको भनाइ छ । ‘तर हाम्रो धैर्यतालाई कमजोर नठान्न म सबैलाई चुनौती दिन्छु’ कार्कीले भन्नुभयो ।
जेन जीहरुले माइतीघर मण्डला हुन्जेल शान्तीपूर्ण हुन्छ भनेको आन्दोलन बानेश्वरमा पुगेपछि कसरी हिंसात्मक भयो भन्ने कुरा गम्भिर रहेको कार्कीको भनाइ छ । ‘टिओबि लेखेका ३ सय ज्याकेटधारीले जब निषेधाज्ञा तोडे तब आन्दोलन हिंसात्मक बन्यो । त्यसैले यो गुणडगर्दी हो ’ कार्कीको भनाइ छ ।







प्रतिक्रिया