काठमाडौं-नेकपा एमालेका केन्द्रिय सदस्य निर्मल भट्टराईले जेन्जीलाई ढाल बनाएर २०८२ भाद्र २३ र २४ गते विध्वंसकारी घटना एमाले र महान राष्ट्रवादी अध्यक्ष केपी शर्मा ओलीलाई सिध्याउन रचिएको देशी-विदेशी प्रतिक्रियावादी हर्कत भएको टिप्पणी गर्नुभएको छ।
नेकपा (एमाले) मध्यपुर नगर कमिटीले आयोजना दुइपोखरीमा आयोजित जनसभामा उहाँले सो टिप्पणी गर्नुभएको हो।
‘सिंहदरबार जलाउन राप्रपाका नेता, सर्वोच्च अदालत जलाउन माओवादी नेता, कारागार भत्काउन र अभियुक्त र अपराधी छुटाउन रास्वपाका नेता-कार्यकर्ताको सहभागिता र त्यसलाई सामाजिक सञ्जालमार्फत् मलजल गर्ने विदेशी शक्ति नै यो विध्वंसका दोषी हुन्”, उहाँले भन्नुभयो।
नेता भट्टराई एमाले र केपी ओलीलाई सिध्याउन जति प्रयास गरे पनि त्यो सफल हुन नसक्ने दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘एमाले र केपी ओलीलाई सिध्याउन जति प्रयास गरे पनि त्यो सफल हुने छैन, बरु उनीहरू आफैं नै समय क्रममा सकिनेछन्।’
सभालाई अर्का केन्द्रिय सदस्य गोविन्दप्रसाद दुलालले एमाले देशको प्रमुख पार्टी भएकोले निर्वाचनबाट नभाग्ने बताउनुभयो ।
नगर अध्यक्ष सूर्यलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो सभालाई एमाले जिल्ला अध्यक्ष वचन देउजाले पनि सम्बोधन गरेका थिए ।







प्रतिक्रिया