अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न भागमा बदली भए पनि आज छैन वर्षाको सम्भावना

देशका विभिन्न भागमा बदली भए पनि आज छैन वर्षाको सम्भावना


काठमाडौं – देशका केही स्थानमा आंशिक बदली भए पनि आज वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।