दाङ-नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसद पुनर्स्थापना,संविधान संशोधन,सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो। ‘संसद पुनर्स्थापना, संविधान संशोधन, जेनजीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो, उपमहासचिव ज्ञवालीले भन्नुभयाे, ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन।’
उहाँले सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार नभएको आरोप लगाउनुभयो। दलका नेताको अनुहार हेर्नु छैन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उहाँको भनाइ छ।
उपमहासचिव ज्ञवालीले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको दाबी समेत गर्नुभयाे । ‘अहिले संविधान घाइते अवस्थामा छ’ उहाँले भन्नुभयाे, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन्।’







प्रतिक्रिया