अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशी तत्वको चलखेलमा एमालेलाई कमजोर बनाउने षडयन्त्र : केन्द्रीय सदस्य रोमनाथ ओली

विदेशी तत्वको चलखेलमा एमालेलाई कमजोर बनाउने षडयन्त्र : केन्द्रीय सदस्य रोमनाथ ओली



दमक- नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाका इन्चार्ज रोमनाथ ओलीले पार्टीले राष्ट्र र राष्ट्रियको पक्षमा सही मुद्धा उठाएका कारण विदेशी शक्तिले एमाले माथि धावा बोलेको बताउनुभएको छ ।
नेकपा एमाले पशुपति टोल कमिटी दमक ८ ले आज आयोजना गरेको भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य ओलीले विदेशी तत्वको चलखेलले एमालेलाई कमजोर बनाउन जतिसुकै षड्यन्त्र गरे पनि जनताले साथ नदिने बताउनु भएको हो । ओलीले एमाले जनताका समस्या समाधानका लागि सधैं खटिरहेको तर विदेशी चलखेलले यसलाई सधैं निस्तेज पार्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले केपी शर्मा ओलीको नेतृत्वमा भएका विकास निर्माणका कामको प्रचारको अभाव,पार्टी भिजन जनतासम्म पुर्याउन नसक्दा एमालेप्रति जनतामा समेत केही भ्रम रहेको बताउनुभयो । उहाँले यस्ता भ्रम चिर्न,पार्टीले गरेका काम र सरकारमा छँदा जनताको पक्षमा भएका कामहरुको ब्यापक प्रचार गर्नुपर्ने बताउनुभयो ।
टोल भेलाको अध्यक्षता गरेका पशुपति टोल कमिटीका ज्येष्ठ कम्युनिष्ट सदस्य नरेश गिरीले हामी भित्रका सानातिना समस्यालाई विर्सिएर एमाले जन एक भएर हाम्रो शक्तिलाई देखाउने वेला आएको छ ।
चरम अवसरवादी पुष्पकमल दाहालले आफनो दाउपेज पुरा गर्न माओवादी केन्द्र पार्टीको नाम सिद्धान्त विलय गरी जनयुद्धले उठाएका मुद्धा त्यसको अस्तित्व सखाप पारेको एमाले नेता ओलीले आरोप गर्नु भयो । एमाले कोशी प्रदेश कमिटीको निर्वाचन विभाग सदस्य तथा पार्टी केन्द्रीय निर्देशन अनुसार आयोजित जनभेला अन्तर्गतको पशुपति टोल भेलाका संयोजक प्रेम दंगालले अहिले संसद पुर्नस्थापना लगायतका एमाले अध्यक्ष केपी शर्मा ओलीले राख्नु भएको प्रस्ताव अनुसार देशले निकास पाउने बताउदै भेलाको आवश्यकताको विषयमा जानकारी दिनु भएको थियो ।
एमाले वडा कमिटी दमक ८ अन्तर्गतका टोल कमिटीहरुले गत कार्तिक २२ गतेदेखि टोल भला गरी रहेको वडा कमिटी अध्यक्ष खेम श्रेष्ठले जानकारी दिनु भयो ।