अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिस्ट राजनीतिकाे सिंह एमाले हो: महेश बस्नेत

कम्युनिस्ट राजनीतिकाे सिंह एमाले हो: महेश बस्नेत


दाङ-नेकपा (एमाले)का पाेलिटब्यूराे सदस्य महेश बस्नेतले नेपाली कम्युनिस्ट राजनीतिमा एमाले पार्टी नै सिंहकाे रूपमा स्थापित भएको बताउनुभएको छ। उहाँले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गर्नुभयाे।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार तुलसीपुरमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनु भएको हो। नेता बस्नेतले भन्नुभयो, `एउटै घाटमा स्याल, कुकुर, बिरालाे सबै पानी खान आइरहेका छन् भने के बुझ्नुपर्छ भने माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेकाे छ र त्यहाँ कसैले पानी खान हिम्मत गरिरहेकाे छैन। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनकाे सिंह नेकपा एमाले हाे।´

नेता बस्नेतलेबस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘यदि एमालेका कुनै नेतामाथि बयानका नाममा दुःख दिने काम भयो भने पाँच हजार, दश हजार होइन, एक लाख युवाले सिंहदरबार घेराउ गर्ने छन्।´

नेता बस्नेतले एमालेविरुद्ध चलाइएका षड्यन्त्रहरू विफल हुने दाबी गर्दै पार्टी संगठन झनै बलियो बन्दै गएको बताउनुभयो।