अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेश बस्नेतको टिप्पणी: केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध

महेश बस्नेतको टिप्पणी: केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध


दाङ-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध भएको टिप्पणी गर्नुभएको छ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले कात्तिक २७ गते बिहीबार तुलसीपुरमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनु भएको हो। 

नेता बस्नेतले विदेशी योजनामा एमालेका केही नेताले नै ओलीको विकल्प खोजेर राजनीतिक अपराध गर्न खोजेको दाबी गर्नुभयो । ´अहिले पार्टी भित्रबाटै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिदै छ` नेता बस्नेतले भन्नुभयो, ´यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो। हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँ।`