अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र हो: सूर्य थापा

११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र हो: सूर्य थापा

यो बेला
138
Shares

काठमाडौं–नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ वटा पार्टीहरुको मिसिनुको उद्देश्य केपी शर्मा ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै नेता थापाले ‘समाजवादी’ र ‘माओवादी’ बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौं भन्नुको कुनै अर्थ नरहेको बताउनुभयो।

नेता थापाले भन्नुभयो, ‘हिजोसम्म ११ वटा पार्टी एकता भएको छ। समाजवादी र माओवादी चिनेको हो। तर अरु नौ वटा नाम मात्रको पार्टी हुन् जिरो हुन् । कसैले चिनेको छैन । ११ वटा मिसिएर के हुने रैछ त ? देशभरिको स्थिति त यही हो । अनि हामी यत्तिका मिसियौं भन्नुको अर्थ के हुन्छ ? उहाँहरुले २०७७ सालदेखि नै यही गर्दै आउनुभएको हो । त्यो भनेको केपी ओलीको सिद्धान्तको विरोध हो । उहाँहरुको राजनीति केपी ओलीकै निन्दा हो ।’

त्यस्तै, उहाँले अहिले पेन्सन पकाउने सेलिब्रेटी बन्ने अनि पार्टी खोलिहाल्ने लहर चलेको बताउनुभयो । खोलिएको हरेक पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी नहुने भन्दै उनले अहिले दर्ता भएका पार्टी कालिपोके बन्ने खतराका पार्टीहरु रहेको टिप्प्णी गर्नुभयो ।

उहाँले केपी ओलीले पद छोड्नुपर्छ, २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर केन्द्रीय कमिटीमा ३ सय २८ जनाले बोलेकोमा १६ जना र सचिवालयमा ५ गरी २१ जनाले मत राखेको जानकारी दिनुभयो।