काठमाडौँ-मधेश प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिनुभएको छ।
सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उहाँले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ।
सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै जसपाका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए ।
लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिनुभएको हो।








प्रतिक्रिया