अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई शंकर पोखरेलको प्रश्न- दल दर्ता गरिसकेको व्यक्तिलाई मन्त्रीबाट बिदा गर्नुपर्ने होइन र ?

प्रधानमन्त्रीलाई शंकर पोखरेलको प्रश्न- दल दर्ता गरिसकेको व्यक्तिलाई मन्त्रीबाट बिदा गर्नुपर्ने होइन र ?


काठमाडौं–नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै बर्खास्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिनुभएको छ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले घिसिङलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्री कार्कीलाई सुझाव दिनुभएको हो।

महासचिव पोखरेलले पार्टी खोलेर चुनावमा जाने घोषणा गरिसकेका व्यक्तिलाई चुनावी सरकारमा राख्न नहुने तर्क गर्नुभएको छ। 

महासचिव पोखरेलले प्रधानमन्त्री कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ।

पार्टी गठन गरेको व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने महासचिव पोखरेलको भनाइ छ।

महासचिव पोखरेलले भन्नुभएको छ, ´यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?`

उर्जामन्त्री घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। घिसिङले पूर्व ऊर्जा सचिव अनुप उपाध्यायको नेतृत्वमा पार्टी गठन गरेका हुन्। चुनाव हुन केही समयअघि मात्रै मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्।