अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानुनी, व्यवहारिक र आवश्यकताका हिसावले संसद पुर्नस्थापना हुन्छ: सभामुख घिमिरे

कानुनी, व्यवहारिक र आवश्यकताका हिसावले संसद पुर्नस्थापना हुन्छ: सभामुख घिमिरे


बिर्तामोड–सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनुभएको छ। सभामुख घिमिरेले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनुभयो।

कानुनी, व्यवहारिक र आवश्यकताका हिसावले संसद पुर्नस्थापना हुन्छ : सभामुख घिमिरे

आज बिहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको मुद्धालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो। कानूनी, व्यवहारिक र आवश्यकताका हिसावले संसद पुर्नस्थापना हुने सभामुख घिमिरेको भनाई छ।

छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताउनुभयो।

जननिर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको घिमिरेको भनाई छ। सभामुख घिमिरेले भन्नुभयो– संसद पुर्नस्थापना गरेर अहिलेका समस्याहरु सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ। जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यही हो।’

संविधानका के कस्ता विषयहरु संशोधन गर्नुपर्ने हो, छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उहाँको सूझाव छ। वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताउँदै उनले सरकार नै असंवैधानिक भएको स्पष्ट बनाउनुभयो।

बिहीवार दिउँसो झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरुको अनुगमन गरेका छन्। गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गरेका हुन्। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरु अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिनुभयो ।

दुई दिनका लागि झापा आएका सभामुख घिमिरेले भोलि बिर्तामोडस्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यही बीचमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न जाने मैनालीले जानकारी दिएका छन्।