काठमाडौं–प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाउनु पर्ने बताउनुभएको छ।
अध्यक्ष पाण्डेले प्रेस चौतारीको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा बोल्दै देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानको बाटोमा लैजान केपी ओलीको सक्षम नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभएको हो।
‘एमालेलाई एकताबद्द गरेर राष्ट्रिय राजनीतिको नेतृत्व गर्न सक्ने नेता अध्यक्ष ओली नै हुन्। त्यसैले पार्टीभित्र कुनै विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ,’ अध्यक्ष पाण्डेले बैठकमा भन्नुभयो।
अध्यक्ष पाण्डेले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिर बनाउन महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै प्रेस चौतारीका सबै संरचनालाई पनि एकता र अनुशासनका आधारमा अघि बढ्न सुझाव दिनुभयो। अध्यक्ष पाण्डेले भदौ २३ र २४ गतेको आन्दोलन प्रतिक्रान्ति भएको बताउनुभयो।
बैठकमा संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले केपी ओलीको एमालेमा विकल्प नभएको बताउनुभयो।






प्रतिक्रिया