अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिगामी षडयन्त्रका विरुद्ध लड्ने आँट एमालेसँग मात्र छ : शंकर पोखरेल

प्रतिगामी षडयन्त्रका विरुद्ध लड्ने आँट एमालेसँग मात्र छ : शंकर पोखरेल


सुर्खेत-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिगामी षडयन्त्रका विरुद्ध लड्ने आँट एमालेसँग रहेको बताउनुभएको छ ।
दैलेखमा भोली आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जाने क्रममा प्रेस चौतारी नेपाल सुर्खेत शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले त्यसैको प्रमाणको जनपरिचालन कार्यक्रम अन्तरगत देशैभरी पनि जनता सडाकमा उतारिएको बताउनुभयो ।
‘राज्यलाई नै असफल पार्ने योजना अनुसार बुनिएको प्रतिगामी षडयन्त्रका विरुद्ध उभिने आँट एमालेमा छ’ पोखरेलले भन्नुभयो ‘जनपरिचालनले तीनवटा काम गरेको छ । एउटा प्रतिगामी षडयन्त्रका मतियारले एमालेको शक्ति देखेर तर्सिएका छन् । दोस्रो हाम्रा नेता कार्यकर्ताको गिरेको मनोबल उठेको छ । यसबाट जनता पनि उत्साहित भएका छन् । ’
एमालेले आगामी ६ गते काठमाडौंमा विशाल जनसभा गरेर थप शक्ति प्रदर्शन गर्ने उहाँले बताउनुभयो । असंवैधानिक ढंगले विघटन गरिएको संसद पुनस्र्थापना एमालेको मुख्य माग रहेको उहाँले बताउनुभयो । भदौ २४ पछि बिथोलिएको संवैधानिक प्राधानलाई सही बाटोमा ल्याउन संसद पुनस्र्थापना एक मात्र बिकल्प भएको उहाँको भनाइ छ ।
भदौ २४ गते निजी सम्पती जलाउन र तोडफोड गर्न डिजेल पेट्रोल भन्दा घातक रसायन प्रयोग गरिएको उहाँको भनाइ छ । ‘मेरो घरमा आगलागी हुँदा स्टिल र्याक गलेका,सिमेन्टको ढलान जलेको हेर्दा यो विशेष प्रकारको रसायनको प्रयोग भएको सहजै अनुमान गर्न सकिन्छ । ’ भदौ २४ को तोडफोडको जिम्मा लिन जसले अहिले तँछाड मछाँड गरिरहेका छन् उनीहरु चाँडै नै पछुताउने दिन आउने उहाँले बताउनुभयो ।