अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानको रक्षाका लागि सम्पूर्ण दलहरु एकजुट हुनुपर्दछ : भानुभक्त ढकाल

संविधानको रक्षाका लागि सम्पूर्ण दलहरु एकजुट हुनुपर्दछ : भानुभक्त ढकाल


काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री भानुभक्त ढकालले यो जागरण अभियान नेकपा एमालेको मात्र नभएको बताउनु भएको छ। नेकपा एमाले तेह्रथुमद्वारा आज आयोजित जनजागरण आमसभालाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा र सासद पुनस्र्थापनाका लागि सबै लोकतान्त्रीक दलहरू एक हुन आवश्यक रहेको बताउनु भएको छ। उहाँले जेन्जी सरकारले घोषणा गरेको चुनावका लागि नागरिकको सुरक्षाको प्रत्याभूति हुनु पर्ने समेत धारणा राख्नु भएको छ।

म्याङ्लुङको टुडिखेलमा आयोजित जनजागरण सभामा नेकपा एमाले तेह्रथुमका ईन्चार्ज बिष्णु माया बिकले संविधान रक्षाको लागि जिल्लाका नागरिकहरूको सहभागितालाई आभार प्रकट गर्दै एमालेले गरेको आन्दोलनमा सबै दलहरूले एक्यवद्धता जनाउनु पर्ने बताउनु भएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेकपा एमाले तेह्रथुमका उपाध्यक्ष सन्तोष तिगेलाले नेपालमा राजनीतिक नियुक्ति पाएका सबैको सम्पत्ति छानविन गर्नु पर्ने माग गर्नुभएको छ। उहाँले जनप्रतिनिधि र कर्मचारीहरूको समेत सम्पत्ति छानबिन गरेर सरकारीकरण गर्नु पर्ने धारणा राख्नु भएको छ।