काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य हरदेव जोशीले लिपुलेक र कालापानी समेटेर जारी गरिएको चुच्चे नक्साको भूभाग फिर्ता ल्याउन प्रयास जारी राखेकोले उहाँ माथी आक्रमण भएको बताउनुभएको छ । ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन अभियानअन्तर्गत सदरमुकाम खलंगामा आयोजित कोणसभालाई सम्बोधन गर्दै जोशीले सो कुरा बताउनुभएको हो ।
जोशीका गत भदौमा प्रधानमन्त्रीको रुपमा चीन भ्रमणमा छँदा अध्यक्ष ओलीले भारतसँग लिपुलेक सम्बन्धी भएको समझदारी खारेज हुनुपर्ने अभिव्यक्ति दिएपछि देशी विदेशी प्रहर तिव्र भएको दाबी गर्नुभएको छ ।
‘राष्ट्रियताको स्वाभिमानका लागि एमालेमात्रै बलियो शक्ति हो, जोशीले भन्नुभयो एमाले सत्तामा हुँदा पनि राष्ट्रवादी सडकमा हुँदा पनि राष्ट्रवादी शक्ति हो ।
उहाँले अहिलेको सरकारलाई संविधानले नचिनेको र हावाहुरीबाट बनेको सरकार भएकोले यसले जनताका आवश्कता सम्बोधन गर्न सक्दैन जोशीले भन्नुभयो लिक बाहिर भएको संविधानलाई सही बाटोमा ल्याउन र जनताका आकांक्षालाई पुरा गर्न संसद पुनस्र्थापना हुनै पर्दछ ।
कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य प्रेमसिंह धामीले जनता र राष्ट्रको पक्षमा एमाले सडकमा उत्रिन बाध्य भएको बताउनुभयो।
त्यसैगरी, एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीले ‘जेनजी’ आन्दोलनका नाममा नेकपा एमालेका संरचना र पार्टी कार्यालयमा भएको क्षतिप्रति आक्रोश व्यक्त गर्दै, ‘एमाले जीवितै छ, यसको बदला जनताको बलमा लिइनेछ,’ भन्नुभयो।
जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले ‘जेनजी’ को नाममा पार्टी तोडफोडमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो ‘हामी तीन पुस्ते खोजिरहेका छौं । अपराधिक मानसिकता भएका व्यक्तिहरू कानुनको कठघरामा आउँछन्।’
कार्यक्रम जिल्ला कमिटी सचिव उमेशराज जोशीले सञ्चालन गरेका थिए। कार्यक्रममा अनेरास्ववियुका नेता खडकसिंह धामीले समेत सम्बोधन गरेका थिए।
कार्यक्रममा स्थानीय सांस्कृतिक पहिचान झल्किने दमाहा, मस्कबिन, छलिया, सरौंलगायत नाच तथा प्रस्तुति गरिएको थियो। खलंगामा आयोजित ¥यालीमा सहभागीहरूले आ–आफ्नो क्षेत्रको सांस्कृतिक पहिचान झल्किने गरी प्रदर्शन गरेका थिए।







प्रतिक्रिया