अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी

एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी


काठमाडौं-नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित भर्खरै उद्घाटन गरिएको शाखामा आगलागी भएको छ। शुक्रबार उद्घाटन भएको शाखामा आइतबार बिहान करिब ३ बजेको समयमा चौधारीको पसलमा आगजनी भएको हो।

शान्ता चौधरी आफैँ आएर तीन दिन अघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गर्नुभएको थियाे। 

पसलमा आगलागी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ। आगजनीले अचार पसल पूर्णरुपमा नष्ट भएको छ।

नेतृ चौधरीले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेख्नुभएकाे ५, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

यस्तै, शान्त चौधरीको पसलसँगै एमाले सुर्खेत जिल्ला कमिटी सदस्यको फेन्सी पसलमा पनि आगजनी भएको छ। यी आगलागीका घटना शंकास्पद हुने सक्ने नेतृ शान्ताले बताउनुभयो।

प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ।हरीले क्षतिको यकिन विवरण बनाउने काम गरिरहेको छ ।

आगजनीबाट ३० लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको अनुमान प्रहरीको छ।