काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने प्रष्ट पार्नुभएको छ।
भक्तपुरको गुण्डुमा प्रेस चौतारीका नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले अहिले देशलाई शान्ति सुरक्षा चाहिएको बताउनुभयो।
अध्यक्ष ओलीले भन्नभयो, ‘कतिपय साथीहरूले चुनावका लागि भाग्ने हैन नेकपा एमाले भनेको सुनिन्छ यो भनिरहनुपर्छ र ? देशको सबभन्दा ठुलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौँ, डराउँदैनौ भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौँ । तर, यत्रो हतियार बाहिर, यत्रा अपराधी बाहिर। यस्तो असंवैधानिक सरकारसँग चुनाव गराउने के को हक छ ? सबैका लागि देशका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुन:स्थापना हुनुपर्छ।’
अध्यक्ष ओलीले अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको बताउनु भयाे। अध्यक्ष ओलीले भन्नभयो, ‘समृद्धिका कुरा पछि गरौँला। अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको छ। खै विधिको शासन ?’ अध्यक्ष ओलीले एमालेले कोही कसैसँग नभाग्ने/नडराउने भन्दै महाधिवेशन पनि गर्ने र जनप्रदर्शन पनि गर्ने बताउनुभयो।







प्रतिक्रिया