अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन, संसद पुनर्स्थापना हुनुपर्छः केपी ओली

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन, संसद पुनर्स्थापना हुनुपर्छः केपी ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको छ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको हो।

अध्यक्ष ओलीले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको दाबी पनि गर्नुभयो। देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने उहाँले स्पष्ट पार्नुभयो।

यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उहाँले बताउनुभयो। अहिलेको सरकारसँग निर्वाचन गराउने के को हक छ ? उहाँको प्रश्न छ। 

अध्यक्ष ओलीले भन्नभयो, ‘एमाले चुनावबाट भाग्ने होइन पार्टी होइन। देशको सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनुपर्छ र? गर्ने नै होइन नि। चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ। तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन्। यस्तो सरकार। असंवैधानिक सरकार। योसँग चुनाव गराउने केको हक छ? हक नै छैन। यो अनधिकृत हो। त्यसकारण यस्तो अनधिकृत, अनुभवविहीन छ।’