अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार, दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै निर्वाचन आयोग

सरकार, दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै निर्वाचन आयोग


काठमाडौं-निर्वाचन आयोगले राजनीतिक दल, सरकार र जेनजीका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनको वातावरण बनाउन चार पक्षीय छलफल गर्न लागिएको हो। भण्डारीले निर्वाचनको वातावरणका लागि आयोगले सबै पक्षका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी भइरहेको बताउनुभयो।

निर्वाचनको पूर्वतयारीका सम्बन्धमा निर्वाचन आयोगमा आइतबार छलफल थियो। छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी हुनुहुन्थ्यो।

भण्डारीले निर्वाचन पूर्वतयारीको काममा सरकारले हालसम्म उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिँदै निर्वाचनको वातावरण निर्माण, स्रोतसाधनको व्यवस्था एवम् सुरक्षाको प्रबन्धमा महत्वपूर्ण भूमिकाको विश्वास व्यक्त गर्नुभयो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भविष्यमा निर्वाचनको वातावरण तयार गर्न निर्वाचन आयोगले राजनीतिक दल, नेपाल सरकार, युवा पुस्ताका प्रतिनिधि र निर्वाचन आयोगका बीचमा आयोजना गर्ने छलफल तथा अन्तर्क्रिया कार्यक्रममा समेत सहजीकरण गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।