काठमाडौं-नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक पंक्ति लयमा फर्किएको बताउनुभएकाे छ।
काठमाडौंमा आज जनसंगठन समन्वय संयन्त्रको आयोजनामा भएको पार्टीको बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको बिशेष बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले अन्य राजनीतिक दलहरू अलमल र दिशाबिहीन अवस्थामा फसेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताउनुभयाे ।
उपमहासचिव ज्ञवालीले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको बताउनुभयाे। जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी संगठन थप ऊर्जावान बनेको उहाँले बताउनुभयाे।
बैठकमा जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डित, उपत्यका विशेष समन्वय कमिटी इञ्चार्ज सुजिता शाक्य, भक्तपुर इञ्चार्ज महेश बस्नेत र काठमाडौं इञ्चार्ज आनन्द पोखरेलले मंसिर ५ गते आयोजना गर्न लागिएको स्वयंसेवकहरुको राष्ट्रिय भेला र मंसिर ६ गते काठमाडौमा आयोजना गर्न लागिएको विशेष प्रदर्शनको तयारी सम्बन्धी जानकारी गराउनुभयाे।







प्रतिक्रिया