दैलेख – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई सङ्कटबाट जोगाउन नेकपा (एमाले)काे संगठन बलियो र प्रभावकारी बताउनुभएको छ । नेकपा (एमाले) दैलेख जिल्ला कमिटीको आयोजनामा आईतबार पटांगीनी दुल्लूमा भएको जनसभालाई सम्बोधन गर्दै मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउनुभएको छ ।
महासचिव पोखरेलले भन्नुभयो, “ भदौ २३ र २४ गतेको तोडफोडले राज्यलाई कमजोर पार्नका लागि रचिएको षडयन्त्र भएको छ । सिंहदरबार,सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज्य माथी गम्भिर अपराध गरिएको छ ।राष्ट्रलाई वर्तमान संकटबाट उकास्न एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ”
उहाँले राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गर्नु भएको छ । उहाँले वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताउनुभयो ।देशमा संकटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको महासचिब पोखरेललेको भनाई छ ।
यस्तै नेकपा एमालकको कर्णाली प्रदेशका मुख्य मन्त्री तथा पोलिट्ब्युरो सदस्य यामलाल कडेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभयो । उहाँले जनताको रोजाइमा पहिलो पार्टी एमाले भएकाले एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।उहाँले नेकपा एमालेले जनताको हकहितकोलागि काम गर्ने पाटी भएको बताउनुभयो ।
यस्तै जेनजीको विंध्वसपछि बनेको सरकारले गरेको असंवैधानिक रुपमा विघटित प्रतिनिधि सभा पुनःस्थापना हुनु पर्ने तब मात्र मुलुकले निकास पाउने नेकपा एमाले दैलेख अध्यक्ष सुर्यबहादुर शाहीले बताउनुभयो ।उहाँले एमाले पार्टी र जनता एक भएर मात्र मुलुकलाई संकटवाट जोगाउन कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काम गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया